इजरायल-हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध : ब्लिन्केन « Khabarhub

इजरायल-हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध : ब्लिन्केन


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन् । 

‘यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ । युद्धविरामले बन्धकहरूलाई घर ल्याउन वातावरण बनाउनेछ । यो हासिल हुन नसक्नुको एक मात्र कारण हमास हो,’ ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा भने । 

इजरायलले गाजामा आफ्नो आक्रमण अस्थायी रूपमा रोक्ने र अक्टोबर ७ मा कब्जामा लिएका बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने प्रस्तावको हमासले जवाफ दिने तयारी गरेको छ ।

भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहेका छन् भने संयुक्त राष्ट्रसङ्घले खाद्यान्नको चरम अभावका कारण आसन्न अनिकालको चेतावनी दिएको छ ।

उनले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्ने कार्यक्रम छ । इजरायलले हालै सहायताका लागि खुला गरेको गाजा नजिकैको बन्दरगाह अशदोदलगायत बन्दरगाहलाई बन्द गर्ने तयारी गरिरहेका छन् । 

मंगलबार ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका जार्डनी गाडी ९ट्रक० र सहायताकर्मीलाई बिदाइ गरे । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले