नेपालका ५ दललाई भाजपाको निम्तो, जनमतलाई डाक्दा अरु मधेसवादी परेनन् « Khabarhub

नेपालका ५ दललाई भाजपाको निम्तो, जनमतलाई डाक्दा अरु मधेसवादी परेनन्


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान हेर्न नेपालका ५ दललाई निम्तो पठाएको छ ।

भाजपाले नेपालका ५ वटा दलहरूसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी अभियान हेर्न निम्तो पठाएको हो । निम्तो पाएका दलका नेताहरू बुधबार नै दिल्ली पुग्दैछन् ।

भाजपाले नेपालबाट नेपाली कांग्रेस र नेकपा एमालेसहित बंगलादेशबाट शेख हसिनाको पार्टी अवामी लिग र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीलाई पनि निम्तो पठाएको छ ।

भाजपाले ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउन १८ दलका नेताहरूलाई दिल्ली बोलाइएको हो । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले बुधबार विज्ञप्ति निकालेर नेपालसहित विश्वका १८ दललाई चुनावी अभियान हेर्न बोलाइएको जानकारी दिएका छन् ।

भाजपाको निम्तो पाउनेमा ५ वटा नेपाली दलहरू रहेका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी रहेका छन् । नेपालबाट जाने टोलीलाई भाजपा मुख्यालयमा उक्त पार्टीका अध्यक्ष जेपी नड्डाले बुधबार स्वागत गर्दैछन् ।

नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा. जयकान्त राउत भारत जाँदैछन् ।

भाजपाले डा. सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन । भाजपाले उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपालाई प्राथमिकता नदिई सीके नेतृत्वको जनमतलाई दिल्लीमा स्वागत गर्न लागेको हो ।

भाजपाको निम्तोमा दिल्ली पुग्ने दलका नेताहरूले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग पनि संवाद गर्ने भएका छन् । यो टोलीले त्यहाँ रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि भेट गर्ने भाजपाले उल्लेख गरेको छ ।

भाजपाले आफ्नो चुनावी अभियान देखाउनुका साथै प्रचार रणनीति र तिनका विधिबारे पनि जानकारी दिने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : २८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर