अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन | Khabarhub Khabarhub

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘दिगो आर्थिक विकासका लािग वित्त नीति’ कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताए ।

उनले विभिन्न तथ्याङ्कहरूको आधारमा अर्थतन्त्रमा वर्षभन्दा सुधार देखिएको जिकिर गरे ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशत भन्दामाथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।

मन्त्री पुनले जलविद्यत् लगायत क्षेत्रमा केही राम्रो देखिए पनि निर्माण क्षेत्रमा समस्या देखिएको धारणा राखे ।

उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग