अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘दिगो आर्थिक विकासका लािग वित्त नीति’ कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताए ।
उनले विभिन्न तथ्याङ्कहरूको आधारमा अर्थतन्त्रमा वर्षभन्दा सुधार देखिएको जिकिर गरे ।
आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशत भन्दामाथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।
मन्त्री पुनले जलविद्यत् लगायत क्षेत्रमा केही राम्रो देखिए पनि निर्माण क्षेत्रमा समस्या देखिएको धारणा राखे ।
उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनले बताए ।
प्रतिक्रिया