मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु « Khabarhub

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण घोषणा गर्न बुधबार सुन्धारामा आयोजना गरिएको एक कार्यक्रममा निर्माण पक्षले टिजर समेत सार्वजनिक गरेको हो । 

टिजरमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारलाई देखाइएको छ । अन्य कलाकार चयन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । 

रोजगारका लागि विदेशिन बाध्य नेपाली नेपालीको कथामा आधारित फिल्म निर्देशक पूर्णेन्दु के झा र नरेश मिश्राले लेखका हुन् । निर्देशक झाका अनुसार यो फिल्मले लेबर र सरकार बीचको कथालाई सशक्तरूपमा पेस गर्न आफ्नो प्रयास रहने बताए । 

झाले भने, ‘हाम्रो देशबाट लेबरको काममा बिदेसिनेको सङ्ख्या बढी छ । उनीहरूको आ-आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौँ।’

यस फिल्म भोजपुरी र नेपाली भाषामा समेत प्रदर्शनमा ल्याउने झाले बताए छन् । 

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको निर्माता झा स्वयं हुन् भने सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता हुन् । 

फिल्म २०२४ को अन्तिम महिनामा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । 

सो कार्यक्रममा पूर्व राजदूत सूर्यनारायण मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : १४ बजे

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा