मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु « Khabarhub

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण घोषणा गर्न बुधबार सुन्धारामा आयोजना गरिएको एक कार्यक्रममा निर्माण पक्षले टिजर समेत सार्वजनिक गरेको हो । 

टिजरमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारलाई देखाइएको छ । अन्य कलाकार चयन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । 

रोजगारका लागि विदेशिन बाध्य नेपाली नेपालीको कथामा आधारित फिल्म निर्देशक पूर्णेन्दु के झा र नरेश मिश्राले लेखका हुन् । निर्देशक झाका अनुसार यो फिल्मले लेबर र सरकार बीचको कथालाई सशक्तरूपमा पेस गर्न आफ्नो प्रयास रहने बताए । 

झाले भने, ‘हाम्रो देशबाट लेबरको काममा बिदेसिनेको सङ्ख्या बढी छ । उनीहरूको आ-आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौँ।’

यस फिल्म भोजपुरी र नेपाली भाषामा समेत प्रदर्शनमा ल्याउने झाले बताए छन् । 

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको निर्माता झा स्वयं हुन् भने सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता हुन् । 

फिल्म २०२४ को अन्तिम महिनामा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । 

सो कार्यक्रममा पूर्व राजदूत सूर्यनारायण मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : १४ बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी