१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ « Khabarhub

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको ज्याला पनि कायम भएको देखिन्छ । यी ती देशहरू देशहरू हुन् जहाँ विश्वमा रहेका अन्य देशहरूको तुलनामा काम गर्ने मजदुरहरूको ज्याला सबैभन्दा धेरै छ ।

लक्जम्बर्ग त्यस्तो देश हो जहाँ काम गर्ने मजदुरहरूले विश्वका अन्य मुलुकको तुलनामा सबैभन्दा धेरै ज्याला पाउँछन् । जहाँ १८ वर्ष उमेर पूरा भएको दक्ष मजदुरले मासिक रुपमा न्यूनतम ३ हजार ३५७ डलर पाउँछन् भने सोही उमेरको अदक्ष मजदुरले २ हजार ७९८ डलर मासिक ज्याला पाउँछ ।

नेदरल्यान्ड पनि कामदारहरूले राम्रो ज्याला पाउनेमध्येको मुलुक हो । जहाँ २१ वर्षभन्दा माथि उमेर भएको दक्ष कामदारले मासिक रुपमा २ हजार ४२५ डलर र १५ वर्ष उमेरको ६४६ डलर न्यूनतम ज्याला पाउँछन् ।

न्यूजिल्यान्ड मजदुरहरुले घण्टाका आधारमा सहज ढंगले काम गर्न पाइने मुलुकमध्येमा पर्छ । सो देशमा १६ वर्ष उमेर पूरा भएको दक्ष कामदारले न्यूनतम २ हजार ३३५ डलर प्रतिमहिना आम्दानी गर्न सक्छ । त्यस्तै, १६ वर्ष उमेर पूरा भएको शुरुवाती मजदुरले पनि ११ डलर प्रतिघण्टा आम्दानी गर्नसक्छ ।

धेरै नेपालीको आकर्षक गन्तव्य बनेको अष्ट्रेलिया विश्वको चौथो आकर्षक न्यूनतम ज्याला पाइने मुलुक मध्येमा पर्छ । अष्ट्रेलियामा २१ वर्षभन्दा माथिका उमेरका कामदारको लागि १ हजार ८६६ डलर मासिक तलब तोकिएको छ ।

जर्मनीमा काम गर्ने दक्ष कामदारहरूले प्रतिमहिना २ हजार २६९ डलर न्यूनतम आम्दानी गर्न सक्छन् ।

युनाइटेड किंगडमा नेशनल लिभिङ वेजेज र नेशनल मिनिमम वेजेज लागू गरिएको छ । युनाइटेड किंगडममा नेशनल लिभिङ वेजेज अन्तर्गत २३ वर्ष भन्दा माथिकालाई २ हजार २२३ डलर र नेशनल मिनिमम वेजेज अन्तर्गत २ हजार १२४ डलर अनिवार्य न्यूनतम ज्याला कायम गरिएको छ ।

बेल्जियममा कामदारका लागि न्यूनतम २ हजार ११७ डलर मासिक ज्याला कायम गरिएको छ ।

आयरल्यान्डमा १८ र १९ वर्षका दक्ष कामदारले क्रमशः न्यूनतम १ हजार ८५७ र २०९८ डलर मासिक ज्याला कमाउन सक्छन् । २० वर्ष पुगेको दक्ष कामदारले भने सो देशमा २ हजार ६९५ डलर मासिक रुपमा कमाउन सक्छ ।

क्यानडा पनि विश्वमा कामदारको लागि उच्च न्यूनतम ज्याला कायम भएको मुलुक हो । क्यानेडियन सरकारले यही अप्रिल १ बाट न्यूनतम ज्यालामा वृद्धि गर्ने निर्णय गरेर दक्ष कामदारको न्यूनतम ज्याला प्रतिमहिना २ हजार १३४ डलर पुर्याएको छ ।

विश्वमा धेरै न्यूनतम ज्याला भएको मुलुकमध्ये फ्रान्स ८ औं स्थानमा पर्छ । फ्रान्समा काम गर्ने कामदारले मासिक रुपमा न्यूनतम १ हजार ९१८ डलर ज्याला पाउँछन् ।

त्यस्तै, केही समयदेखि हमास विरुद्धको लडाइँमा होमिएको इजरायल पनि विश्वमा धेरै न्यूनतम ज्याला पाइने देश हो । इजरायलमा कामदारले घण्टा, दिन र महिनाका दरले ज्याला पाउँछन् । यहाँ काम गर्ने कामदारलाई मासिक १ हजार ४७१ डलर ग्यारेन्टी गरिएको छ ।

संयुक्त राज्य अमेरिका विश्वमा धेरै न्यूनतम ज्याला भएको मध्ये दशौँ स्थानमा पर्छ । अमेरिकामा कामदारको लागि नेशनल मिनिमम वेजेज कायम गरिएको छ । अमेरिकामा काम गर्ने दक्ष कामदारले मासिक रुपमा २ हजार ७३५ डलर न्यूनतम ज्याला पाउँछन् ।

-एजेन्सीबाट

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ५६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड