सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने « Khabarhub

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन आगामी वैशाख २४ गतेदेखि लागू हुने भएको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै वैशाख २४ काठमाडौंको बसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोह आयोजना गरी उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिएको हो ।

भाषा दिवस मूल समारोह समितिका संयोजक एवं बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भाषा विधेयक संघीयताको मेरुदण्ड भएको बताए ।

गत असोज २२ गते बागमती प्रदेशसभामा उक्त ऐन प्रस्तुत भएको थियो । संसदबाट सर्वसम्मत रूपमा पारित भएको उक्त ऐन कार्तिक २३ गते राजपत्रका प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा विधेयक परिपक्व भई कानूनी व्यवस्था रहेकाले सोही व्यवस्था अनुरूप वैशाख २४ गते ऐन कार्यान्वयनमा जान लागेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : २७ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य