संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा « Khabarhub

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते बोलाउने भएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने तथा त्यसअघि बजेट छलफल गर्नुपर्ने समय २० दिन हुनेगरी सरकारले बजेट अधिवेशन बोलाउन लागेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले वैशाख २५ या २६ मा संघीय संसद्‌को बर्खे (बजेट) अधिवेशन डाक्ने तयारी गरिएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन डाक्नेछन्‌ ।

संसद्‌को हिउँदे अधिवेशन सरकारले वैशाख २ गते अन्त्य गरेको थियो । हिउँदे अधिवेशनमै सरकारले यसपटक प्रि-बजेट बजेट छलफल समेत गरेको थियो ।

सो अधिवेशनबाट संसद्‌ले जम्मा तीनवटा विधेयक पारित गरेर कानूनी रूप दिन सकेको थियो । अन्य दर्जनौं विधेयकहरू भने संसद् सचिवालयमै थन्किएका छन्‌ ।

आगामी अधिवेशनमा भने ती विधेयक टुङ्ग्याइने र संविधान तथा संघीयता कार्यान्वयनसम्बन्धी थुप्रै ऐनहरू संशोधन हुने मन्त्री गिरिले बताए । संसदीय समितिमा छलफल क्रममा रहेका विधेयकलाई जतिसक्दो चाँडो संसद्‌मा लगिने उनको भनाइ छ ।

मन्त्री गिरिले संसद्‌ अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत गरिएको कानून संशोधन सरकारले चालेको राम्रो कदम भन्दै बचाउ पनि गरे । अध्यादेशमार्फत ऐन संशोधन गर्दा सबैलाई उत्साहित बनाएको उनले दाबी गरे ।

संसद्‌को आगामी अधिवेशनमा आवश्यक विधेयक पेश गरी सहकारीमा रहेका विकराल समस्या समाधान गरिने पनि मन्त्री गिरिको भनाइ छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी