संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा « Khabarhub

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते बोलाउने भएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने तथा त्यसअघि बजेट छलफल गर्नुपर्ने समय २० दिन हुनेगरी सरकारले बजेट अधिवेशन बोलाउन लागेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले वैशाख २५ या २६ मा संघीय संसद्‌को बर्खे (बजेट) अधिवेशन डाक्ने तयारी गरिएको जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन डाक्नेछन्‌ ।

संसद्‌को हिउँदे अधिवेशन सरकारले वैशाख २ गते अन्त्य गरेको थियो । हिउँदे अधिवेशनमै सरकारले यसपटक प्रि-बजेट बजेट छलफल समेत गरेको थियो ।

सो अधिवेशनबाट संसद्‌ले जम्मा तीनवटा विधेयक पारित गरेर कानूनी रूप दिन सकेको थियो । अन्य दर्जनौं विधेयकहरू भने संसद् सचिवालयमै थन्किएका छन्‌ ।

आगामी अधिवेशनमा भने ती विधेयक टुङ्ग्याइने र संविधान तथा संघीयता कार्यान्वयनसम्बन्धी थुप्रै ऐनहरू संशोधन हुने मन्त्री गिरिले बताए । संसदीय समितिमा छलफल क्रममा रहेका विधेयकलाई जतिसक्दो चाँडो संसद्‌मा लगिने उनको भनाइ छ ।

मन्त्री गिरिले संसद्‌ अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत गरिएको कानून संशोधन सरकारले चालेको राम्रो कदम भन्दै बचाउ पनि गरे । अध्यादेशमार्फत ऐन संशोधन गर्दा सबैलाई उत्साहित बनाएको उनले दाबी गरे ।

संसद्‌को आगामी अधिवेशनमा आवश्यक विधेयक पेश गरी सहकारीमा रहेका विकराल समस्या समाधान गरिने पनि मन्त्री गिरिको भनाइ छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल