समाचार

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

By खबरहब

May 01, 2024

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् ।

१३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजदुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लाग्ने बताए ।

‘मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवम् श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,’ प्रधानमन्त्रीले भने, ‘भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका लागि निरन्तर पहल गरिने विश्वास दिलाउँछु । रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।’

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

प्रचण्डलाई बाबुरामको चुनौती

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ

अन्तराष्ट्रिय श्रमिक दिवस

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सो अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासङ्घले र्‍याली निकालेका छन् ।

मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन् । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ ।

यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

श्रमिकलाई लक्षित गर्दै सरकारले ल्यायो ‘श्रमाधान कार्यक्रम’

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आर्थीक…

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक आगामी असार ४ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा बैठक आयोजक समिति गठन गरिएको छ ।

आइडीए विश्व बैंकबाट सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले समितिको विषयमा जानकारी दिइसकेका छन्‌ ।

बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा नै सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने उपाध्यक्ष मार्टिनले जानकारी दिएका छन्‌ ।

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

पशुपतिको विद्युत शवदाह अब निःशुल्क पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

डा। थापाले सेतो सत्तल गुहयेश्वरीमा वृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । यसैबीच, विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा। थापासहित तीनै जनालाई सफाइ दिएको छ ।

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री अधिकारी

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो: प्रदीप ज्ञवाली

अर्थमन्त्री भन्छन्‌ : ‘सरकारले अब भारत र चीनको बजार हेरेर नीति बनाउँछ’

आगलागीबाट दुई करोड २६ लाखको क्षति काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ । आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।

जंगलमा लागेको आगो सल्किँदा दुई घर जलेर नष्ट

ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’

खेलकुद…

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।

नेपालले तेस्रो विकेट गुमायो, आरिफ पनि आउट

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

अन्तर्राष्ट्रिय…

जापानमा ९० लाख घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउँछ । जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेसनमा पठाउने

इजरायल-हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध : ब्लिन्केन

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड