व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल « Khabarhub

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

पेसागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयन रहेको भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताएका हुन् ।

हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताए ।

उनले अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको बताए । आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उनको भनाई छ । उनले समाजलाई सहि ढंगले अघि बढाउनका लागि ट्रेड युनियन आन्दोलनले सहि बाटो समात्नुपर्ने बताए ।

उनले अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको टिप्पणी गरे । समाजले सकारात्मक ढङ्गले नहेर्दा समाज परिवर्तन गर्न नसकिने उनले बताए । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ०३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत