सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने « Khabarhub

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन आगामी वैशाख २४ गतेदेखि लागू हुने भएको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै वैशाख २४ काठमाडौंको बसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोह आयोजना गरी उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिएको हो ।

भाषा दिवस मूल समारोह समितिका संयोजक एवं बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भाषा विधेयक संघीयताको मेरुदण्ड भएको बताए ।

गत असोज २२ गते बागमती प्रदेशसभामा उक्त ऐन प्रस्तुत भएको थियो । संसदबाट सर्वसम्मत रूपमा पारित भएको उक्त ऐन कार्तिक २३ गते राजपत्रका प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा विधेयक परिपक्व भई कानूनी व्यवस्था रहेकाले सोही व्यवस्था अनुरूप वैशाख २४ गते ऐन कार्यान्वयनमा जान लागेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : २७ बजे

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष