बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’ « Khabarhub

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ । दक्षिण एसियाली यो मुलुक र धेरै क्षेत्रले अझै पनि निस्सासिँदो गर्मीको सामना गरिरहेका छन् ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, थप बारम्बार र थप तीव्र हुँदै गएको बृहत् वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । अप्रिलमा प्रचण्ड गर्मीका कारण बङ्गलादेश सरकारले मुलुकभर विद्यालय बन्द गर्नुपर्यो । यसबाट करिब तीन करोड २० लाख विद्यार्थी घरमै रहे ।

“यो वर्ष लुले देशका करिब ८० प्रतिशत भागलाई समेटेको छ, हामीले यसअघि कहिले पनि यति तीव्र र व्यापक लु देखेका थिएनौँ”, बङ्गलादेश मौसम विज्ञान विभागका वरिष्ठ पूर्वानुमानकर्ता मुहम्मद अबु कलाम मल्लिकले भने, “सन् १९४८ मा मुुलुकमा तातो दिन र क्षेत्र समेट्ने मामिलाको रेकर्ड सुरु भएपछि गत अप्रिल महिना बङ्गलादेशमा सबैभन्दा गर्मी महिना थियो ।”

उनका अनुसार बङ्गलादेश वरपरका मौसम केन्द्रहरूले सन् २०१० सम्मको ३० वर्षको अवधिमा अप्रिलको औसत दैनिक तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियसको तुलनामा यस वर्षको अप्रिलमा दुईदेखि आठ डिग्रीको बीचमा अधिक तातो रहेको रेकर्ड गरेका छन् ।

स्वास्थ्य विभागका प्रवक्ता सेलिम रेहानले सरकारले पछिल्लो १० दिनमा अत्यधिक गर्मीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि गरेको बताए । एक साताको भीषण गर्मीपछि बिहीबार बङ्गलादेशमा वर्षाले केही राहत ल्याउने अपेक्षा गरिएको छ । ढाकामा धेरै दिनसम्म ४० डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।

मल्लिकले अप्रिलमा सामान्य प्रि–मनसुन मेघ गर्जनसहित वर्षा नहुँदा गर्मीको तीव्रता अझ बढेको बताए। “बङ्गलादेशमा अप्रिलमा औसत एक सय ३० दशमलव दुई मिलिमिटर वर्षा हुन्छ तर यस वर्षको अप्रिलमा औसत एक मिलिमिटर मात्र वर्षा भयो ।”

बङ्गलादेशमा आइतबारसम्म विद्यालय बन्द हुनेछन् । सरकारले गत साताको अन्त्यमा क्षाहरू पुनः सञ्चालन गर्न आदेश दिएको थियो तर बङ्गलादेशको एक शीर्ष अदालतले गर्मीको लहरमा धेरै शिक्षकको मृत्यु भएको रिपोर्टलाई ध्यानमा राख्दै सोमबार फेरि विद्यालय बन्द गर्न निर्देशन दियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ८ : २० बजे

उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा

प्रचण्डसँग ओलीले भने : नयाँहरूले देशलाई संकटमा लाँदैछन्, नयाँ शिराबाट मिलेर अघि बढ्नुपर्ने भयो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमा) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको

हत्या गरिएका वनपालेको टाउको भेटियो 

बरहथवा– सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले