साताको पहिलो दिन १० अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेको छ । ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६१०.६३ बिन्दुमा पुगेको हो ।

आज नेप्से घटेसँगै कारोबार भएका १७१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्सेमा सबैभन्दा धेरै एसवाई प्यानलको टर्नओभर भएको थियो ।

आज नेप्सेमा आएको गिरावटसँगै होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक रहन पुगेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ५७ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र