'मिस सुप्रा नेसनल' बनिन् सजिना खनाल | Khabarhub Khabarhub

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रानेसनलको उपाधि हात पारेका छन् ।

त्यस्तै प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोबल नेपाल मोनिका अधिकारी, मिस ‘इन्टरकन्टिनेन्टल’ नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। भने पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन्।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्। महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए।

फिनालेअघि प्रतियोगीहरुले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए। विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : २२ बजे

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ