फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर « Khabarhub

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जवालाखेलमा बुधबार गरिएको शोमा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, अभिनेताहरु कर्मा शाक्य, विजय बराल, अभिनेतृ सुरक्षा पन्तलगायतको कार्यक्रममा उपस्थित थिए ।

प्रिमियरपछि फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । अधिकांशले उपेन्द्र सुब्बाको लेखन र निर्देशनको तारिफ गरेका थिए । कलाकारको अभिनयले पनि उत्तिकै प्रशंसा पाएको छ ।

विशेषतः सामान्य पात्रका कथालाई गहनरुपले प्रस्तुत गर्न निर्देशक सुब्बा सफल भएको चलचित्रकर्मीहरूको प्रतिक्रिया छ । फिल्मले काठ क्षेत्रको परिवेशमा निसन्तान बुबा र एक्ली आमाबीचको प्रेम सम्बन्ध पेस गरेको छ ।

फिल्ममा अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगर केन्द्रीय भूमिकामा छन् । अभिनेता दयाहाङ मुख्य भूमिकामा छन् भने गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीकको विशेष भूमिकामा देखिएका छन् ।

सुब्बाको निर्देशन रहेको यो दोस्रो फिल्म हो । कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ३२ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई