फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर « Khabarhub

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जवालाखेलमा बुधबार गरिएको शोमा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, अभिनेताहरु कर्मा शाक्य, विजय बराल, अभिनेतृ सुरक्षा पन्तलगायतको कार्यक्रममा उपस्थित थिए ।

प्रिमियरपछि फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । अधिकांशले उपेन्द्र सुब्बाको लेखन र निर्देशनको तारिफ गरेका थिए । कलाकारको अभिनयले पनि उत्तिकै प्रशंसा पाएको छ ।

विशेषतः सामान्य पात्रका कथालाई गहनरुपले प्रस्तुत गर्न निर्देशक सुब्बा सफल भएको चलचित्रकर्मीहरूको प्रतिक्रिया छ । फिल्मले काठ क्षेत्रको परिवेशमा निसन्तान बुबा र एक्ली आमाबीचको प्रेम सम्बन्ध पेस गरेको छ ।

फिल्ममा अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगर केन्द्रीय भूमिकामा छन् । अभिनेता दयाहाङ मुख्य भूमिकामा छन् भने गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीकको विशेष भूमिकामा देखिएका छन् ।

सुब्बाको निर्देशन रहेको यो दोस्रो फिल्म हो । कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ११ : ३२ बजे

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच