करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन « Khabarhub

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेको छ ।

गोलन्जोर गाँउपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी सफा गरिएको हो ।

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए ।

‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागू गरिएको हो ।

सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागि भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर राम्रो काम गर्न मद्दत गरिरहेको बताए ।

उनले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै क्रिएसन नेपालले सन्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिवद्ध रहेको बताए ।

क्रिएशनका अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए । उनले भविष्यका सन्ततीलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ९ : १६ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

एजेन्सी– अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५

नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं– नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो

एजेन्सी– टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र