करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन « Khabarhub

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेको छ ।

गोलन्जोर गाँउपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी सफा गरिएको हो ।

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए ।

‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागू गरिएको हो ।

सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागि भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर राम्रो काम गर्न मद्दत गरिरहेको बताए ।

उनले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै क्रिएसन नेपालले सन्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिवद्ध रहेको बताए ।

क्रिएशनका अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए । उनले भविष्यका सन्ततीलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : १६ बजे

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने