अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुंगा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । 

पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन् । 

अधिकारीका अनुसार दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

नङ्गरहार सूचना तथा संस्कृति विभागले मिडियालाई दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् ।
कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए ।

नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  २ : ११ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास