काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै « Khabarhub

काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै


१९ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ । 

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो । 

महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७  दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।

वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ ।

दरखास्त दिँदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नपर्ने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ३ : ५७ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम