नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित | Khabarhub Khabarhub

नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात सञ्चालनमा लागि मोटरेबल पुल निर्माण गरेको छ । 

गाउँ पुग्ने पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ८७ लाख ६७ हजार नौ सय २६ लागतमा पुल निर्माण गरेको हो । गाउँपालिकाको वडा नं १ मा पर्ने भिकोसघाट पुल निर्माण भएपछि वडा नं ५ र ६ का बस्तीमा सञ्चालन हुने यातायातलाई सहज भएको छ । 

सबैभन्दा विकट मानिने तमानखोलाको खुङ्खानी, नर्जाखानीथास्पुरीलगायतका स्थानमा बर्खामा करिब चार महिना गाडी बन्द हुने गर्छन् । यस वर्ष वडा नं ५ को खुङ्खानीसम्म सहजरुपमा यातायात सञ्चालन गर्नका लागि यहाँ पुल बनाएको गाउँपालिकाले जनाएको छ । 

तमानखोलाको सबैभन्दा टाढाको गाउँ नर्जाखानी हो । वडा नं ६ को नर्जाखानी, पात्ले, भित्रिवनलगायतका गाउँका बाह्रै महिना यातायात सञ्चालनका लागि पाँच स्थानमा मोटरेबल पुल बन्नुपर्छ । यस वर्ष गाउँपालिकाले भिकोसघाटमा पुल बनाएपछि अब नर्जाखानी पुग्न चार वटा पुल बन्न जरुरी छ । 

भिकोसघाटमा बनेको पुलले वडा नं ५ को खुङ्खानीसहित गाउँमा बर्खामा यातायात सञ्चालन हुने स्थानीयले विश्वास लिएका छन् । पालिकाको केन्द्र बोङ्खादोभानदेखि नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । 

यस वर्ष भिकोसघाटमा पुल बनेपछि अब चार स्थानमा पुल बन्नुपर्नेछ । खुङ्खानी पुग्नका लागि भने अब एउटा पुल बने बाह्रै महिना गाडी सञ्चालन हुने थिए । गाउँपालिकाले यस वर्ष घट्टबोट घाटमा पुल नबनाई भिकोसघाटमा बनाएको छ । 

यहाँ पुल बनाउँदा एक स्थानमा गाडी फेरेपछि सिधै गाउँपालिका केन्द्र आउन सकिने तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले जानकारी दिए। घट्टबोटमा पाँच मिनेटको पैदल यात्रा गरेपछि अर्को गाडी फेर्न सहज हुने हुँदा चालु आर्थिक वर्षमा वडा नं १ को भिकोसघाटमा पुल निर्माण गरिएको उहाँको भनाइ छ । यस ठाउँमा बोल बनेपछि वडा नं ५ को खुङ्खानीका हजारौँ नागरिकलाई सहन हुने बिक बताउँछन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भौगोलिक विकटताका कारण गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताए । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउन हुँदा पुल निर्माण गर्न नसकिएको बताए । 

पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरी अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको भन्दै अन्य घाटमा पनि पुल निर्माण गर्दै जाने उनी बताउँछन् ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ४ : २७ बजे

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार

युनिटी कप ट्वान्टी–२० खेल्न युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको