नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित « Khabarhub

नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात सञ्चालनमा लागि मोटरेबल पुल निर्माण गरेको छ । 

गाउँ पुग्ने पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ८७ लाख ६७ हजार नौ सय २६ लागतमा पुल निर्माण गरेको हो । गाउँपालिकाको वडा नं १ मा पर्ने भिकोसघाट पुल निर्माण भएपछि वडा नं ५ र ६ का बस्तीमा सञ्चालन हुने यातायातलाई सहज भएको छ । 

सबैभन्दा विकट मानिने तमानखोलाको खुङ्खानी, नर्जाखानी र थास्पुरीलगायतका स्थानमा बर्खामा करिब चार महिना गाडी बन्द हुने गर्छन् । यस वर्ष वडा नं ५ को खुङ्खानीसम्म सहजरुपमा यातायात सञ्चालन गर्नका लागि यहाँ पुल बनाएको गाउँपालिकाले जनाएको छ । 

तमानखोलाको सबैभन्दा टाढाको गाउँ नर्जाखानी हो । वडा नं ६ को नर्जाखानी, पात्ले, भित्रिवनलगायतका गाउँका बाह्रै महिना यातायात सञ्चालनका लागि पाँच स्थानमा मोटरेबल पुल बन्नुपर्छ । यस वर्ष गाउँपालिकाले भिकोसघाटमा पुल बनाएपछि अब नर्जाखानी पुग्न चार वटा पुल बन्न जरुरी छ । 

भिकोसघाटमा बनेको पुलले वडा नं ५ को खुङ्खानीसहित गाउँमा बर्खामा यातायात सञ्चालन हुने स्थानीयले विश्वास लिएका छन् । पालिकाको केन्द्र बोङ्खादोभानदेखि नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । 

यस वर्ष भिकोसघाटमा पुल बनेपछि अब चार स्थानमा पुल बन्नुपर्नेछ । खुङ्खानी पुग्नका लागि भने अब एउटा पुल बने बाह्रै महिना गाडी सञ्चालन हुने थिए । गाउँपालिकाले यस वर्ष घट्टबोट घाटमा पुल नबनाई भिकोसघाटमा बनाएको छ । 

यहाँ पुल बनाउँदा एक स्थानमा गाडी फेरेपछि सिधै गाउँपालिका केन्द्र आउन सकिने तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले जानकारी दिए। घट्टबोटमा पाँच मिनेटको पैदल यात्रा गरेपछि अर्को गाडी फेर्न सहज हुने हुँदा चालु आर्थिक वर्षमा वडा नं १ को भिकोसघाटमा पुल निर्माण गरिएको उहाँको भनाइ छ । यस ठाउँमा बोल बनेपछि वडा नं ५ को खुङ्खानीका हजारौँ नागरिकलाई सहन हुने बिक बताउँछन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भौगोलिक विकटताका कारण गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताए । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउन हुँदा पुल निर्माण गर्न नसकिएको बताए । 

पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरी अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको भन्दै अन्य घाटमा पनि पुल निर्माण गर्दै जाने उनी बताउँछन् ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ४ : २७ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको