सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको संघर्ष जारी रहन्छ : नेता महर « Khabarhub

सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको संघर्ष जारी रहन्छ : नेता महर


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने कुरा बताएका छन्।

 चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनअपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्ने बताए।

अहिले गिरीबन्धु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ।

 कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्धु टी स्टेटमा भएको अर्बौँ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।

कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे। 

जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तापक्रम बढेर जनता कष्टकर जीवन बिताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्मक सचेतना अभियानमा जुट्नु पर्ने महरको धारणा छ।

राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेशी जनाधिकार र साझा विवेकशील पार्टीको कूनै बेला ठूलै आकार र स्याल हुइँय्या भएको प्रसङ्ग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए।

५३ जना जिल्ला स्तरीय नेताहरूको सहभागिता रहेको प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेल, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, प्राध्यापक कृष्ण पौडेल, कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा। सुरेश आचार्य, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले प्रशिक्षण दिएका थिए। जेठ १७ बाट सञ्चालित प्रशिक्षक तालिम १९ गतेसम्म चल्ने छ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ५ : ०५ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का