रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण | Khabarhub Khabarhub

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा विसं १८१४ जेठ १९ गते पाण्डेले वीरगति प्राप्त गरेका थिए ।

उनको समाधि स्थल चन्द्रागिरि नगरपालिका–.१ दहचोकमा रक्षामन्त्रीको प्रमुख आतिथ्यमा आज स्मृति दिवस मनाइएको हो । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्थानीय जनप्रतिनिधिलगायत काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय सहभागिता रहेको थियो ।

सरकारले काजी पाँडेको समाधीस्थल दहचोकमा विसं २०७५ मा पूर्ण कदको सालिक निर्माण गरेको थियो । अघिल्लो वर्ष पाँडे स्मृति दिवसका अवसरमा सेनाले सोही स्थानमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : ५९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास