दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो | Khabarhub Khabarhub

दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा शनिबारदेखि सुरू मधेस प्रदेश श्रमधान मेलाको उद्घाटन गर्न पुगेका श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल सवार जहाज दुई पटकको प्रयासमा पनि काठमाडौंमा अवतरण गर्न सकेन ।

शनिबार दिउँसो र बेलुका दुई पटक ठूलो हावाहुरीसहित वर्षा भएपछि त्रिभुवन विमानस्थल बन्द हुँदा जहाज काठमाडौंमा अवतरण हुन नसकेको हो।

श्रमाधान मेला उद्घाटन सकेपछि श्रममन्त्री अर्याल सवार बुद्ध एयरको जहाज दिउँसो काठमाडौंतर्फ उडेको थियो । तर खराब मौसमले अवतरण हुन नसकी जनकपुर नै फर्कियो।

यो जहाजमा प्रतिनिधि सभा सदस्य मनिष झा र मधेस प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर पनि सवार थिए ।

दिउँसो २:५५ बजे उड्नुपर्ने जहाज ३:१० मा काठमाडौं लागि उडेको थियो । तर उक्त जहाज ३.३० मा जनकपुर विमानस्थलमै फर्कियो । त्यसबेला काठमाडौंमा हावाहुरीसहित पानी पर्दा विमानस्थल बन्द भएपछि जहाजलाई जनकपुर नै फर्काइयो।

उक्त जहाज करिब अढाई घण्टा जनकपुर विमानस्थलमा बसेपछि फेरि साँझ ६ बजे काठमाडौंका लागि उड्यो । तर दोस्रो प्रयासमा पनि यो जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन सकेन । 

फेरि हावाहुरीसहित पानी परेपछि त्रिभुवन विमानस्थलले मन्त्रीसहितका यात्रु सवार जहाजलाई जनकपुर नै फर्काइदिएको छ। अहिले बुद्धको उक्त जहाज जनकपुर विमानस्थलमा छ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : ०० बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली