दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो « Khabarhub

दुई पटकको प्रयासमा पनि श्रममन्त्री सवार जहाज काठमाडौंमा बस्न सकेन, जनकपुर नै फर्काइयो


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा शनिबारदेखि सुरू मधेस प्रदेश श्रमधान मेलाको उद्घाटन गर्न पुगेका श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल सवार जहाज दुई पटकको प्रयासमा पनि काठमाडौंमा अवतरण गर्न सकेन ।

शनिबार दिउँसो र बेलुका दुई पटक ठूलो हावाहुरीसहित वर्षा भएपछि त्रिभुवन विमानस्थल बन्द हुँदा जहाज काठमाडौंमा अवतरण हुन नसकेको हो।

श्रमाधान मेला उद्घाटन सकेपछि श्रममन्त्री अर्याल सवार बुद्ध एयरको जहाज दिउँसो काठमाडौंतर्फ उडेको थियो । तर खराब मौसमले अवतरण हुन नसकी जनकपुर नै फर्कियो।

यो जहाजमा प्रतिनिधि सभा सदस्य मनिष झा र मधेस प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर पनि सवार थिए ।

दिउँसो २:५५ बजे उड्नुपर्ने जहाज ३:१० मा काठमाडौं लागि उडेको थियो । तर उक्त जहाज ३.३० मा जनकपुर विमानस्थलमै फर्कियो । त्यसबेला काठमाडौंमा हावाहुरीसहित पानी पर्दा विमानस्थल बन्द भएपछि जहाजलाई जनकपुर नै फर्काइयो।

उक्त जहाज करिब अढाई घण्टा जनकपुर विमानस्थलमा बसेपछि फेरि साँझ ६ बजे काठमाडौंका लागि उड्यो । तर दोस्रो प्रयासमा पनि यो जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन सकेन । 

फेरि हावाहुरीसहित पानी परेपछि त्रिभुवन विमानस्थलले मन्त्रीसहितका यात्रु सवार जहाजलाई जनकपुर नै फर्काइदिएको छ। अहिले बुद्धको उक्त जहाज जनकपुर विमानस्थलमा छ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : ०० बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन