छाडा पशुचौपायाले हैरानी व्यहोर्दै किसान « Khabarhub

छाडा पशुचौपायाले हैरानी व्यहोर्दै किसान


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली – छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको व्यवस्थापनमा कठिनाइ तथा चुनौती थपिँदै गएको हो ।

यतिबेला यहाँ धान रोपाइँका लागि कतिपय किसानले धानको बीउ राखिसकेका छन् भने कोहीले राखिरहेका छन् । तर उनीहरूलाई खेतमा राखेको बीउ छापा पशुचौपायाबाट जोगाउन सकस भइरहेको छ ।

झण्डै एक बिघा जमिन भाडामा लिई खेती गर्दै आएका धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान हरिराम रानाले पैसा खर्च गरेर खेतमा उमारेको धानको बीउ छाडा पशुले खाँदा नोक्सानी भएको बताए ।

“अहिले खेती गर्यो भने वर्षभरि खानलाई पुग्छ, अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर बीउ राखेको छु । तर रातको समयमा छाडा पशु आएर धानको बीउ, बारीमा लगाएको तरकारी खाइदिनाले जोगाउन निकै सकस भएको भएको छ”, रानाले भने।

धनगढीका किसान नरीबहादुर विष्टले छाडा गाईगोरुका कारण रोपाइँका लागि खेतमा राखेको धानको बीउ बचाउन मुस्किल भएको बताए । गत वर्ष पनि छाडा चौपायाले लगाएको अन्नबाली खाएर ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले सुनाए।

“छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्छन् भने रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बालीनाली नोक्सान गर्ने गर्दछन”, विष्टले भने, “पशुलाई छाडा छाड्ने प्रवृत्तिकै कारण किसानले दुःख पाएका छन् ।”

धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौसंरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै अन्य केही स्थानमा पनि गौशाला बन्ने क्रममा रहेको र बनेका पनि छन् । कतिपय स्थानमा काञ्जिहाउससमेत निर्माण गरिएका छन् ।

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, त्यस्तै गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको स्थानीयको भनाइ छ ।

धनगढीको देवरियामा निर्माण गरिएको गौशालामा ठूलो सङ्ख्यामा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ । त्यस्तै चटकपुरस्थित गौशालामा पनि ठूला सङ्ख्यामा छाडा पशुहरूको व्यवस्थापन गरिएको गौसंरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए।

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँका स्थानीय तहहरूबाट केही प्रयास भए पनि समस्या भने समाधान हुनसकेको देखिँदैन । त्यसैले छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानिय तहमात्रै नभई हरेक सरोकारवाला निकायको पनि ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : १७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने