लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान « Khabarhub

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़मा बेलुका छ बजे सम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिबार जनाएको छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ६९.८९ प्रतिशत, बिहारमा ४८.८६ प्रतिशत, चण्डीगढ़मा ६२.८० प्रतिशत, ओडिशामा ६२.४६ प्रतिशत, पञ्जाबमा ५५.२० प्रतिशत , उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६.५६ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढका ५७ संसदीय निर्वाचन क्षेत्रका लागि शनिबार बिहान ७ बजे अन्तिम चरणको मतदान सुरु भएको थियो ।

आयोगका अनुसार करिब पाँच करोड २४ लाख पुरुष, चार करोड ८२ करोड महिला र तीन हजार ५७४ जना तेस्रो लिङ्गी मतदाता सहित १० करोड छ लाखभन्दा बढी मतदाताहरू लोकसभा चुनावको सातौं चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य रहेका थिए ।

पञ्जाबका १३ तथा हिमाचल प्रदेशका छ वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा शनिबार अन्तिम चरणमा मतदान भएको छ, साथै, ओडिशा राज्य विधान सभाको बाँकी ४२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भएको छ ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाएका थिए । यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ ।

त्यसैगरी, कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा न्याय सम्मेलन र न्याय मञ्चजस्ता १०० भन्दा बढी चुनावी सभा र सार्वजनिक अन्तरक्रियामा सहभागिता जनाए ।

लोकसभा चुनावको अघिल्लो छ चरणहरूको लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७ , मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : ३६ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको