फाइल फोटो ।

ब्रेकिङ स्टोरी

यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय

By खबरहब

September 01, 2024

काठमाडौं– सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।

बैठकले यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता स्वीकृत गरेको छ । यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ ।

भदौ २४ गते थाइल्याण्ड जान लागेका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाको भ्रमण स्वीकृतदेखि काठमाडौं-तराई मधेश द्रूतमार्ग आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको हो ।

निर्णयहरूः