एन्फा महिला लिग – कोशीको विजयी सुरुवात « Khabarhub

एन्फा महिला लिग – कोशीको विजयी सुरुवात


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा महिला लिगमा कोशी प्रदेश प्रदेशले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरेका थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु लिगमा १० टिमको सहभागिता छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको टोली लिगको प्रतिष्पर्धी हो । लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : १२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण