कोपा अमेरिका : भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा « Khabarhub

कोपा अमेरिका : भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ का भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएकाे समूह चरणको अन्तिम खेलमा जमैकालाई ३–० गोलले हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको हो ।

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक–एक गोल गरेका थिए ।

यो जितपछि भेनेजुएला समूह चरणका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

यस्तै, गएराति नै भएकाे अर्को खेलमा इक्वेडर र मेक्सिकोले गोल रहित बराबरी खेलेका छन् । समान खेलबाट दुवैको ४–४ अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडरले क्वार्टरफाइनलको बाजी मारेको छ । तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइलनमा इक्वेडरले अर्जेन्टिनासँग ४ जुलाईमा प्रतिस्पर्धा गर्ने छ भने ५ जुलाईमा भेनेजुएलाले क्यानडाको सामना गर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ५६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग