उत्कृष्ट गोल र इतिहास सम्झाउने इंग्ल्यान्डको जित | Khabarhub Khabarhub

उत्कृष्ट गोल र इतिहास सम्झाउने इंग्ल्यान्डको जित


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

आइतबार राति भएको खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई मुस्किलले हरायो। ९० औं मिनेटसम्म एक गोलले अघि रहेको स्लोभाकियाले इन्जुरी समयमा इङ्लिस टोलीलाई रोक्न नसकेपछि हार स्वीकार गर्न बाध्य भएको हो। खेलमा इङ्लिस कप्तान हेरी केनले बराबरी गोल गरे। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा जुड वेलिङघमको उत्कृष्ट गोलको समय आएको थियो। उनको ओभर हेड किकले विगत इतिहासका केही दृश्यलाई सम्झाएको छ।

इटालीमा सन् १९९० मा भएको विश्वकप फुटबलमा इङ्लिस टोली सेमिफाइनल प्रवेश गरेको थियो। सो प्रतियोगिताको अन्तिम १६ को खेलमा पनि बेल्जिय विरुद्धमा डेभिड प्लाटको त्यस्तै उत्कृष्ट गोलले इंग्ल्यान्ड विजयी भएको थियो। युरो १९९६ मा वेम्बलीमा स्कटल्यान्ड विरुद्धको खेलमा पल ग्यास्काइनले गरेको गोल उत्कृष्ट थियो। वेलिङघमको गोलले त्यस गोललाई पनि सम्झाइ दिएको छ।

पहिलो कोलीन हेन्डरीलाई ओभर हेड किक प्रहार गर्दै पार गराएको तथा राइट फुटेड भली प्रहार गरेको क्षण धेरैका लागि अझै पनि यादगार हुनसक्छ। फ्रान्समा सन् १९९८ मा भएको विश्वकपको दोस्रो चरणमा माइकल ओवेनले अर्जेन्टिना विरुद्धका गरेको गोल कम्तीको थिएन। भलै, त्यस गोलका बाबजुद पनि इङ्गल्यान्ड विजयी हुन सकेन। टाई ब्रेकरमा अर्जेन्टिना विजयी भएको थियो।

आइतबार मात्र वेलिङघमको २१ औं जन्मदिन हो। ९४ मिनेट ३४ सेकेन्ड लामो समय मैदानमा तनावमा बिताएको तनावपूर्ण क्षणको अन्त्य गरे। धेरै फुटबल समीक्षकको विचारमा यो गोल गर्ने क्षमता उनीमा रहेको जन्मजात प्रतिभा मात्र होइन, तनाव झेल्न सक्ने साहस पनि भएको बताएका छन्। वेलिङघमको गोल अघि खेलको परिणाम स्वीकार गर्न इंग्ल्यान्डलाई कठिन हुने अवस्थामा थियो। वेलिङघमको सो गोललाई खेल जीवनकै महत्त्वपूर्ण गोलको रूपमा हेरेका छन्।

सन् १९६० को पहिलो युरो कप फुटबलको उपाधि फ्रान्सले जितेको थियो। त्यस यताका संस्करणमा अनकेन उत्कृष्ट गोल भएका छन्। जुन गोल फुटबल समर्थकले वर्षौँ सम्झी रहने छन्। युरो १९८८ का नेदरल्यान्ड्सका मार्को भान भास्टनले सोभियत सङ्घको विरुद्ध गोल गरेका थिए। त्यस गोललाई युरो कपको उत्कृष्ट मात्र होइन फुटबल इतिहासकै उत्कृष्ट मध्येका एकको रूपमा लिइन्छ।

नेदरल्यान्ड्सका मार्को भान भास्टन ।

सो समयमा सोभियत सङ्घको रक्षापक्ती साँच्चै जब्बर थियो। त्यसलाई पार गर्न सहज थिएन। तथापि सोभियतको विरुद्धमा नै अर्को आकर्षक गोल भएको थियो। आयरल्यान्डका रोनी विलानले १८ यार्ड बक्स बाहिर बाट प्रहार गरेको बलले गोलको दिशा लिएको थियो। उनको प्रहारले त एक छिन रङ्गशाला नै स्तब्ध भएको थियो।

आयरल्यान्डका रोनी विलानको गोलपछिको खुशी ।

सन् १९९६ मा क्रोएसियाका डेभोर सुकरले उत्कृष्ट गोल गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलरक्षक पिटर स्माइकलले पत्तै पाएनन्। सोही वर्ष पल ग्यास्कोइनले स्कटल्यान्डको विरुद्धमा गरेको गोल त उत्कृष्ट भई नै हाल्यो।

सन् १९९० को दशको दशकको पूर्वार्ध स्विडीस स्टार थोमस ब्रोलिन साँच्चै लयमा थिए। सो समयमा ब्रोलिनको खेलले धेरैलाई आकर्षित तुल्याउँथ्यो नै। सन् १९९२ को युरो कपमा स्विडेनको भेट इङ्गल्यान्डसँग भएको थियो। सोही भेटमा ब्रोलिनले गरेको गोल युरो कप फुटबल इतिहासकै उत्कृष्ट गोलको सूचीमा पर्छ।

सन् १९९६ मा चेक गणतन्त्रका कारेल पोवोस्कीले पोर्चुगल विरुद्धमा उत्कृष्ट गोल गरेका थिए। बक्समा ड्रिबल गर्न माहिर उनले पोर्तुगाली गोलरक्षकलाई चिप गरेर गरेको गोल धेरैले सम्झने गरेका छन्।

युरो कप १९९२ लाई आश्चर्यजनक युरो कपको रूपमा लिइने गरिन्छ। अन्तिम समयमा प्रतियोगितामा सहभागिताको अवसर पाएको डेनमार्कले उपाधि नै जितेको थियो। अन्डर डगको रूपमा सहभागी उपाधि जितेको डेनमार्कले फाइनलमा जर्मनीसँग भिडेको थियो। सो फाइनलमा जोन जेन्सनले विजयी गोल गरेका थिए। जुन गोल आफैमा उत्कृष्ट थियो। साथै डेनमार्कका लागि मात्र होइन ऐतिहासिक गोलको रूपमा सबैले सम्झने छन्।

मिचेल प्लाटीनी विश्व फुटबलको एउटा इतिहास। सन् १९८० को दशकमा एउटा स्टार। त्यसै सन् १९८४ को युरो कपमा उनले ५ खेलमा नौ गोल गरे। युगोस्लाभिया विरुद्धको खेलमा उनले प्रतियोगितामा ह्याट्रिक गरेका थिए। उनले गरेको गोल साँच्चै उत्कृष्ट थियो। यस भन्दा धेरै अघि नै सन् १९८० को युरो कपमा एउटा उत्कृष्ट गोल थियो।

इङ्गल्यान्डका रे विल्कीन्सले बेज्लीयम विरुद्धमा गरेको गोल उत्कृष्ट थियो। त्यस गोललाई एउटा उत्कृष्ट गोल मानिन्छ। बेल्जियमका रक्षकसँग बराबरको बल नियन्त्रणमा लिएर उनले गोल गरेका थिए।

सन् २०१६ मा वेल्सका हल रब्सन कानुले गरेको गोल त्यत्तिकै उत्कृष्ट थियो। बेल्जियम विरुद्ध गोल गरेका थिए।

ग्लाटन इबाहमोभिक विश्व फुटबलका एउटा इतिहास हुन्। वास्तवमा इब्राहमोभिकको धेरै उत्कृष्ट गोल गरेका थिए। युरो कप २००४ मा इटालीको विरुद्धमा उनले गरेको गोल धेरै उत्कृष्ट थियो।

संसारमै चिनिएका गोल रक्षक जीयान लुइका बुफोनलाई पार गर्दै उनले गोल गरेका थिए। सन् २००० मा स्पेन उत्कृष्ट लयमा थियो। उत्कृष्ट लयमा रहेको स्पेनलाई पार गर्दै फ्रान्स अघि बढेको थियो। स्पेनलाई हराउने क्रममा जिनेदाने जिदानले उत्कृष्ट फ्रिकिक गोल गरेका थिए। सो गोलको स्मरण गर्नेहरू अझ धेरै छन्।

स्विट्जरल्यान्डका जेहर्दन साक्विरीले पोल्यान्ड विरुद्धमा गरेको गोल पनि एउटा उत्कृष्ट गोलको रूपमा रहेको छ। उनले सन् २०१६ मा सो गोल गरेका थिए। इब्राहमोभिकले नै सन् २०१२ मा फ्रान्सको विरुद्धका गोल गरेका थिए। युरो २००४ मा पोर्चुगलका मानिचले नेदरल्यान्ड्सका विरुद्धमा गोल गरेका थिए। उनको त्यो गोलले पोर्चुगललाई फाइनलमा प्रवेश गराएका थिए।

युरो कप २०१२ मै इटालीका मारियो बालाटीले जर्मनीविरुद्ध उत्कृष्ट गोल गरेका थिए। बालाटीले १८ यार्ड बक्सबाट गोल गरेका थिए। युरो कप १९९६ मा भ्लाडिमिर बेस्च्यास्टनकले चेक गणतन्त्रको विरुद्धमा त्यस्तै गोल गरेका थिए।

६० वर्ष भन्दा बढी समय लामो युरो कपको इतिहासमा धेरै शानदार गोल भए। यी धेरै गोलको सूचिमा वेलिङघमको गोल पनि पक्कै सूचीकृत रहन्छ होला। स्रोतः बिबिसी, फोरफार टु

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ५७ बजे

तनहुँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ– तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ

बागमतीसहित केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार सन्

टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश

काठमाडौं – टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार