बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किए « Khabarhub

बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किए


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ । भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ । राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो । महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो । स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो । यो २० फिट लामो थियो । गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो ।

जुन २२ गते राति पूर्वी चम्पारणको घोरासहन ब्लकको अमवामा निर्माणाधीन पुल भत्किएको थियो । १ करोड ६० लाखको लागतमा निर्माण भएको यो पुल अमवादेखि चैनपुर स्टेशन जाने सडकमा निर्माण हुन लागेको थियो ।

घोडा सहनपछि जुन २६ मा किशनगञ्ज जिल्लाको मारिया नदीमा बनेको १३ वर्ष पुरानो पुल भत्किएको थियो । अविरल वर्षाका कारण जिल्लाको बहादुरगञ्ज ब्लकको गुबाडी पञ्चायत नजिकको यो पुल भत्किएको हो । यो पुल भत्किँदा करिब १५ गाउँको जनसंख्या प्रभावित भएको छ ।

किशनगञ्जमा पुल भत्किएपछि गत जुन २८ मा मधुबनीको झाँझरपुर उप–डिभिजनको मधेपुर ब्लकस्थित भुटही बलान खोलामा निर्माणाधीन पुलको गर्डर खसेको थियो । २ करोड ९८ लाखको लागतमा निर्माण भएको यो पुलले मधेपुर ब्लकको भेजाकोसी बाँधबाट महापथिया जाने सडक जोड्ने छ । चाखलाग्दो कुरा के छ भने, यो पुल निर्माण कार्य वर्षामा भएको थियो ।

बिहारमा पुल भत्किने घटना यो पहिलो पटक होइन । तर दश दिनभित्र पाँच वटा पुल भत्किएको यो पहिलो पटक हो ।

बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले सरकारको आलोचना गर्दै भनेका छन्, ‘आजको नेतृत्वमा रहेको ६ दलको डबल इन्जिन एनडीए सरकारमा पुल भत्किँदा जनताको करोडौंको नोक्सान भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वले यसलाई ‘भ्रष्टाचार’को सट्टा ‘शालीनता’ भनेका छन् ।

बिहारमा पुल भत्किने विषयलाई लिएर चर्को राजनीतिको एउटा प्रमुख कारण राज्यमा यस्ता घटना लगातार भइरहेका छन् । बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल भत्किएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : ५७ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि