पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु « Khabarhub

पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।

प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।

अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ ।  ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।

बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : १८ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको