‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार « Khabarhub

‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’ प्रदर्शनको सुरुवाती चार दिनमै सन् २०२४ को सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । गत बिहीबारदेखि प्रदर्शनमा आएको यो फिल्म सकारात्मक वर्ड अफ माउथका कारण चर्चामा छ ।

यो फिल्मले प्रदर्शनको पहिलो दिन बिहीबार घरेलु बजारमा ९५ करोडको व्यापार गरेको थियो । दोस्रो दिन शुक्रबार भने अपेक्षाअनुसार हलमा दर्शक पुगेननन्, ५७ दशमलव ६ करोडको मात्रै टिकट बिक्री भयो ।

शनिबार भारतले टी-२० विश्वकपको फाइनल खेल्ने भएकाले थोरै दर्शक हलमा उपस्थित हुने आँकलन गरिएको थियो । तर शुक्रबारको तुलनामा बढी व्यापार भयो । शनिबार फिल्मले ६४ दशमलव ५ करोडको व्यापार गर्‍यो । सुरुवाती तीन दिनका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि आइतबार हलमा दर्शकको उपस्थिति बाक्लियो । सो दिन ८५ करोडको व्यापार गर्‍यो । फिल्मले चार दिनमा भारतमा मात्रै ३०२ करोडको व्यापार गर्‍यो ।

भारतसहितको विश्व बजारमा यस फिल्मको व्यापार उत्साहजनक छ । आइतबारसम्म यसको व्यापार ५५० करोड नाघेको छ । विश्वबजारमा यस फिल्मले पहिलो दिन १९१ दशमलव ५ करोड ग्रस कलेक्सन गरेको थियो ।

यससँगै प्रदर्शनमा आएको ४ दिनमै यो फिल्मले कीर्तिमान कायम गरेको छ । २०२४ को सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म बनेको छ । पछिल्लो समय भारतीय फिल्ममा हिटको खडेरी लागिरहेको बेला प्रभासको उपस्थिति विशेष बनेको छ । एक पटक पुनस् उनको स्टारडमको चर्चा सुरु भएको छ ।

यस वर्षका बढी व्यापार गर्ने फिल्म ऋतिक रोशनको ‘फाइटर’ ले विश्वव्यापी रुपमा ३५८ करोडभन्दा बढी कमाई गरेको थियो भने तेज सज्जाको ‘हनुमान’ ३५० करोडमा रोकिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : १७ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका