प्रतिमाको प्रश्न- के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ ? « Khabarhub

प्रतिमाको प्रश्न- के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ ?


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकार देशमा रोजगारी सिर्जना गर्ने उद्योग बन्दद गराएर व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउने रणनीतिमा लागेका त छैन भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बाल्दै उनले अहिले सरकार उद्योगमैत्री हुन नसकेको बताइन् । बिजुलीको बिल पूर्ण रूपमा भुक्तानी गर्दै आएका साना उद्योगहरुलाई कुनै प्रमाण बिना एउटा चिठीको भरमा ट्रंकलाइनको बक्यौता भन्दै प्राधिकरणले पत्र पठाउँदा त्यस्ता कृषि र दैनिक उपभोग्यमा आधारित ससाना उद्योगहरु अन्योलमा परेको उनले बताइन् ।

‘स्थापना काल देखि आज दुई दशक भन्दा धेरै समय सम्म औद्योगिक कोरिडोरको यथास्थानबाट विद्युत आपूर्ति भएका, कुनै किसिमको ट्रंक वा डेडिकेटेड लाइनको माग स्वीकृत र उपभोग नगरेका धान, गहुँ कुटानी पिसानी र घरेलू उपभोग्य प्लास्टिक सामान बनाउने र आजको दिन सम्म निरन्तर प्राधिकरणको बिजुलीको बिल पूर्ण रूपमा भुक्तानी गर्दै आएका साना उद्योगहरु लाई कुनै प्रमाण बिना एउटा चिठीको भरमा ट्रंकलाइनको बकौता भन्दै पत्र पठाउँदा, त्यस्ता कृषि र दैनिक उपभोग्यमा आधारित स-साना उद्योगहरु अन्योलमा परेका छन्,’ सांसद गौतमले भनिन्, ‘ यही विवाद समस्या समाधानका लागि गिरिश चन्द्र लालको अध्यक्षतामा गठित आयोगको सुझाव प्रतिवेदन पूर्ण रुपमा कर्वन्यान गर्न मिति २०८१र१र२७ गते मन्त्री परिषद्को बैठकले गरेको निर्णय समेत लाई अवहेलना गरी, सुविधा उपभोग गरेको वा नगरेको यकिन नगरी मनोमानी रुपमा उद्योगी लाई पत्र पठाउँदै तर्साउँदै गर्दा देशको औद्योगिक माहोल नै बिथोलिएको देखिन्छ।’

उनले ट्रंक वा डेडिकेटेड लाइन माग गरी उपभोग गरेको आधार प्रष्ट पारी त्यस्ता सेवा उपभोग गर्ने सम्पूर्ण उद्योगहरु बाट पूर्णरुपमा असुल उपर गर्नु पर्ने बताइन् ।

तर कुनै पनि सुविधा उपभोगको आधार प्रष्ट नपारी निरन्तर दैनिक १६ घण्टा सम्म लोडसेडिङ खेपेका उद्योगहरुलाई समेत सुविधा लिएका उद्योग सरह छुट बिलको नाममा एउटा चिठीको भरमा उद्योग बन्द गराउनु न्योचित नर्भएको उनको भनाई थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : २३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।