स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही « Khabarhub

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव जितेका बालेनलाई अप्ठ्यारोमा पारेर काम गर्न नदिएर असफल बनाउन खोजिएको दाबी गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रबाट जितेकै कारण उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने काम भइरहेको छ,’ शाहीले भने, ‘कुन नेताको घरमा हाजिर लगाएर अनि वडाध्यक्ष, सदस्यहरुलाई बोलाएर नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त गर्ने काम बन्द गरियोस् ।’

शाहीले काठमाडौंका वडाध्यक्षहरुलाई दलका शीर्ष नेताहरुले फोनमा आदेश दिएर महानगरपालिकाको नगर सभामा विरोध प्रदर्शनका लागि निर्देशन दिने काम भइरहेको पनि टिप्पणी गरे ।

‘एउटा वडाध्यक्षलाई दलको केन्द्रीय शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइरहेको छ,’ उनले भने ।

राप्रपा सांसद शाहीले स्थानीय तहमा दलबिहीन राजनीतिको आवश्यकता पनि औंल्याए । ‘संसदमा दलीय आवश्यकता छ, दलीय राजनीति गरौँ,’ उनले भने, तर, स्थानीय तहमा अब दलबिहीन राजनीतिको आवश्यकता छ । हाम्रो छिमेकलगायत विश्वभर धेरै देशहरुमा स्थानीय तह दलबिहीन राजनीतिबाट हुन्छ ।’

शाहीले दलहरुले साच्चै देश विकास गर्न चाहेको हो भने जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिनुपर्नेमा जोड दिए ।

‘काठमाडौं महानगरको बजेट अहिले अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिलाई स्थानीय जनताले वडाध्यक्ष चुनेका हुन कि कुनै दलका कार्यकर्ता चुनेका हुन् ?,’ उनले प्रश्न गर्दै भने, ‘सबै दलहरुले साच्चै देश विकास गर्ने हो, साच्चै प्रजातन्त्र आएको हो, साच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिऊँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ४४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच