राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा | Khabarhub Khabarhub

राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमिकरण फेरबदलको रूपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरुबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन्  ।

उनले अहिले नै सत्तासमिकरण फेरबदलको चर्चामा सत्यता नरहेको पनि बताए । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै विषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : ३१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले