फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा « Khabarhub

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थीहरूले आइतबार सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्महरूको अनुमानअनुसार आरएनले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि जुलाई ७ मा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् । तर निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ । 

मा विपक्षी नेशनल र्‍याली (आरएन) पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेको भन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ । 

यसै महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनाव को आह्वान गरेका छन्। निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीहरूसमेतलाई चकित पारेको थियो । 

निर्वाचन घोषणाले म्याक्रोँलाई आँफैमाथि मार पर्ने जोखिम देखिएको छ । पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : ४३ बजे

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान