भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने | Khabarhub Khabarhub

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। 

‘मेरो र उसको नभनिकन सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त निकायले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष रुपमा अनुसन्धान तथा अभियोजन गर्ने हो भने भष्ट्राचार न्यूनीकरण र नियन्त्रण सम्भव छ’, उनले भने, ‘भष्ट्राचारका घटनामा समेत राजनीतिक दाउपेच हुने विद्यमान प्रवृत्ति सच्याउन जरुरी छ । कुनै पनि कालखण्डमा भएका काण्डमध्ये २५ काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ ।’

भष्ट्राचार नियन्त्रण गर्न आफू र सरकार इमानदाररुपमा प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत भष्ट्राचार निवारणका लागि नतिजामुखी प्रयास थालेको बताउनुभयो । सरकारमा रहेका दलहरूको न्यूनतम साझा संकल्पमा पनि भष्ट्राचार निवारणका लागि कदम चाल्ने उल्लेख छ । 

‘सरकारले न्यूनतम साझा सङ्कल्पमा भष्ट्राचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयमा कुनै पनि कालखण्डमा भएका भ्रष्ट्राचारको छानबिन गर्ने भनेको छ । भष्ट्राचारी एकदिन कानुनी कठघरामा आउँछन् भन्ने स्थापित गर्न जरुरी भइसकेको छ’, उनले भने, ‘कुनै एक पक्षले मात्र सक्रियताका साथ काम गर्दैमा भष्ट्राचार नियन्त्रण हुँदैन ।’

पर्याप्त कानुनी आधार, क्षेत्राधिकार र स्रोत साधनसहित भएका संरचनाको स्तरोन्नति आवश्यक भएको गृहमन्त्री लामिछानेले बताए । भष्ट्राचार नियन्त्रणका लागि संवैधानिक आयोग र मजबुत संस्थागत संरचना रहेका भए पनि विभिन्न अड्चनले ती निकायबाट आशातित प्रतिफल प्राप्त गर्न नसकेको जनगुनासो कायमै रहेको उनको भनाइ थियो । सम्पत्तिको सीमांकनसम्बन्धी कानुन निर्माणका लागि सरकार सकारात्मक रहेको उनले बताए। 

    

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : ५५ बजे

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको