गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह « Khabarhub

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको तस्बिर सामाजिक सञ्जालमा अनिवार्य रुपमा पोस्ट गर्न आग्रह गरेको छ । 

पूर्वप्रधानमन्त्री कोइरालाको शताव्दी जन्म जयन्तीको पूर्वसन्ध्यामा अनिवार्य रुपमा तस्बिर फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न कांग्रेसले नेता-कार्यकर्ताहरूलाई आग्रह गरेको हो । 

जन्म जयन्तीको अवसरमा मंगलबार आयोजना हुन लागेको ‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना विभाग प्रमुख मीन विश्वकर्माले पूर्वसभापति कोइरालाको तस्बिर पोस्ट गर्न आग्रह गरिएको जानकारी दिए । 

विश्वकर्माले नेता–कार्यकर्ताहरुलाई सोमबार बेलुकी ठिक ८ बजे एकसाथ तस्बिर राख्न पनि आग्रह गरे ।

 ‘नेपाली कांग्रेसका सबै तहका नेताहरुले, पार्टी सदस्यहरुले भ्रातृ संस्थाका सदस्य तथा शुभेच्छुक साथीहरूले गिरिजाबाबु सम्बन्धि, सकिन्छ भने आफू पनि भएको, भएन कार्यक्रममा सहभागी भएको, त्यो पनि भएन भने गिरिजाबाबुमात्रै भएको फोटो सामाजिक सञ्जालमा ठ्याक्कै ८ बजे पोस्ट गर्ने हामीले कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘यो बारे हामी परिपत्र गर्दैछौँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ५७ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर