प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्‌घाटन गर्दै उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान  पुर्‍याउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले दिवंगत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए । 

प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र  पुरुषलाई सम्मानस्वरूप एक थान मोटरसाइकल प्रदान गरिने बताए। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दिवंगत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताए। 

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १० बजे

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व

माधव नेपाल भेनेजुयला प्रस्थान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात

काठमाडौं – बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल