विद्युतीय सामाग्री र ब्रेक सुमा ल्याइएको ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष « Khabarhub

विद्युतीय सामाग्री र ब्रेक सुमा ल्याइएको ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई करिब ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका बिषयमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।

उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ । सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरुले उक्त परिमाणको सुन भित्राएको जनाएको छ ।

सीआईबीका डिएसपी सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए ।

  यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए। यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए ।

त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए ।

सिआइवीले भन्सार ऐन, संगठीत अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्ब ६६ अर्व ६७ करोड ९ लाख बिगो मागदावी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १७ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई