खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान « Khabarhub

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।

चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रुपमा रु २१ लाख अनुदान वितरण गरिएको उनले जानकारी दिए।

अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा उक्त सहकारीले रु चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ ।

कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकेजी ३५ का दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ । गत वर्ष रु सात लाख अनुदान वितरण गरिएको थियो ।

गृहिणी महिलालाई घरमा बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहिणी महिला सीपमूलक तालिम सम्पन्न गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित महिला सशक्तीकरण कार्यक्रममा साबुन र सरफ बनाउने तालिम दिइएको अध्यक्ष थिङले बताए।

वडा नं ५ र ६ का महिलालाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं ४ मा अचार बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ । जागरण नेपालको आयोजनामा भएको तालिममा वडा नं ५ र ६ का ५० र अचार बनाउने तालिममा २५ जना महिलाको सहभागिता थियो । तालिमले उद्यमशील बनाउनाका साथै आयआर्जनमा वृद्धि गर्ने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष थिङले सहभागीलाई आग्रह गरे। 

स्थानीय महिलाको माग र आवश्यकताका आधारमा स्थानीय उत्पादनमार्फत उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरिएको भन्दै तालिमपश्चात् महिला स्वरोजगार हुनाका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर बन्ने उहाँले विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहमा उत्साह छाएको बताए। स्थानीय उत्पादन र सीपको मूल्यांकन गरी सहयोगी निकाय तथा पालिकाको समन्वयमा उत्पादनशील कार्यमा पालिका सधैँ साथमा रहने उनको भनाइ छ ।

    

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : २१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर