देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना | Khabarhub Khabarhub

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।

विभिन्न ७ बुँदे मागहरू अघि सारेर आन्दोलनरत युनियनले सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म केन्द्रदेखि जिल्लासम्म रहेका तीनै तहका महासंघका कार्यालयहरुमा धर्ना दिएको हो ।

युनियन विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।

प्रेस युनियनले शनिबार महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरु र जिल्ला कार्यालयहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि पनि माग सुनुवाइ नभएको भन्दै प्रेस युनियनले सोमबार कार्यालयहरुमा धर्ना दिएको हो ।

यसैबीच नेपाली कांग्रेसकी कार्यकर्ता मीना ढकालले पनि प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा युनियनकर्मीले दिएको धर्नाको तस्बिर फेसबुकमा राखेकी छन् ।

उक्त तस्बिरमा युनियका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितका पदाधिकारीहरू पंक्तिमा देखिन्छन् ।

उनी धर्नाको तेस्रो पंक्तिमा बसेको तस्बिरमा देखिन्छ । हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध बिच्छेद गरेपछि मीना सामाजिक सञ्जालहरुमा बेलाबेला चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मीना ढकाल नौलो नाम होइन । बेलाबेला उनले लेखेका फेसबुक स्टाटसदेखि टिकटकसम्म भाइरल भइरहेका हुन्छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ११ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन