देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना « Khabarhub

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।

विभिन्न ७ बुँदे मागहरू अघि सारेर आन्दोलनरत युनियनले सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म केन्द्रदेखि जिल्लासम्म रहेका तीनै तहका महासंघका कार्यालयहरुमा धर्ना दिएको हो ।

युनियन विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।

प्रेस युनियनले शनिबार महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरु र जिल्ला कार्यालयहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि पनि माग सुनुवाइ नभएको भन्दै प्रेस युनियनले सोमबार कार्यालयहरुमा धर्ना दिएको हो ।

यसैबीच नेपाली कांग्रेसकी कार्यकर्ता मीना ढकालले पनि प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा युनियनकर्मीले दिएको धर्नाको तस्बिर फेसबुकमा राखेकी छन् ।

उक्त तस्बिरमा युनियका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितका पदाधिकारीहरू पंक्तिमा देखिन्छन् ।

उनी धर्नाको तेस्रो पंक्तिमा बसेको तस्बिरमा देखिन्छ । हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध बिच्छेद गरेपछि मीना सामाजिक सञ्जालहरुमा बेलाबेला चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मीना ढकाल नौलो नाम होइन । बेलाबेला उनले लेखेका फेसबुक स्टाटसदेखि टिकटकसम्म भाइरल भइरहेका हुन्छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ११ बजे

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट

ग्रीनल्यान्डबारे अमेरिकालाई डेनमार्कको कडा जवाफ : कब्जा गर्न आए पहिले गोली, त्यसपछि कुरा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमाथि कब्जा गर्ने धम्की दिएपछि

काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म

काठमाडौं – बलिउड सुपरस्टार नायक सञ्जय दत्त काठमाडौंको दुई दिने

टिप्पणी : गगन–विश्वले कांग्रेसको संकट पार लगाउलान् ?

काठमाडौं- यतिबेला नेपालको राजनीति नेपाली कांग्रेसका महामन्त्रीद्वयले डाकेको विशेष महाधिवेशनमय

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै