बहुविवाह गर्ने महिलालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

बहुविवाह गर्ने महिलालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकी संहितामा रहेको बहुविवाह सम्बन्धी प्रावधान एकपक्षीय भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने रिटमा माग गरिएको छ ।

अधिवक्ता अनु भट्टराईले महिलालाई पनि पुरुष सरह बहुविवाहको सजाय हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् । सोमबार दर्ता भएको रिटमा मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

भट्टराईले रिटमा भनेकी छिन्,‘पुरुषहरूले सहजै रूपमा दोस्रो विवाह गर्न नसक्ने उत्कृष्ट कानून भएता पनि विवाहित महिलाहरूले सहजै रूपमा अविवाहित पुरुषसँग विवाह गर्न सक्ने स्थिति हाल नेपालमा रहेको छ । परिणामस्वरुप नेपालमा महिलाहरूले यस असमान कानूनको भरपुर फाइदा उठाई पहिलो श्रीमानसँग डिभोर्स नै नगरी दोस्रो विवाह गरिरहेको पाइन्छ ।’

महिलालाई बहुविवाह गर्न कानूनले नै छुट दिएको भन्दै भट्टराईले यस्तो कानूनलाई सच्याउन र महिलामाथि पनि पुरुषसरह बहुविवाहमा कारबाही गर्ने कानूनी व्यवस्था गर्न आदेशको माग गरेकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा अधिवक्ता अनुले बहुविवाह सम्बन्धी कानुन संशोधन गर्न आवश्यक देखिएको उल्लेख गरेकी छिन् ।

‘अविवाहित पुरुषसँग दोस्रो बिहे गर्ने बित्तिकै महिलाको पहिलो स्वतः बदर हुन्छ । भट्टराई भन्छिन्, ‘विवाहित पुरुषसँग बिहे ग¥यो भने पुरुषलाई मात्र बहुविवाहको कानून आकर्षित हुन्छ । महिलालाई छुट्टै कारबाही गर्ने कानुन नभएकै कारणले कतिपय महिलाले बहुविवाहलाई सामान्य मान्दै आएका छन् ।’

उनी भन्छिन्, ‘बहुविवाह भनेको पुरुषले मात्रै गर्न सक्छ भन्ने मानसिकता भत्काउन आवश्यक छ । ’

अधिवक्ता भट्टराईले यसअघि ‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १५ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा