न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री « Khabarhub

न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरुलाई काममा लगाउने गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकारसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले नर्सहरुलाई न्यून पारिश्रमिकमा काम लगाउने अस्पतालका नाम थाहा भए,आफूलाई जानकारी दिन आग्रह गरेका छन् । मन्त्री यादवले आफू समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि लागिपरेको समेत बताए ।

निजी अस्पतालहरुले १० प्रतिशत बेड निशुल्क गरेपनि अन्य शुल्क लिएर बिरामी ठगिरहेको समेत उनले बताए । आफू हाल सरकारी स्वास्थ्य संस्थाहरुको अनुगमनमा लागिरहेको बताउँदै मन्त्री यादवले निजी अस्पतालहरुको अनुगमनमा अर्को टिम बनाएर अगाडि बढ्ने स्वास्थ्यमन्त्री यादवले बताए ।

‘मैले सबै कुरा बुझेको छैन तर अनुगमनका क्रममा अधिकांश कुरा बुझ्दैछु,’ उनले भने, ‘मन्त्रालयका अतिरिक्त सचिवहरूलाई विभिन्न समिति गठन गरि काममा खटाएको छु ।’ नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि आफूले काम गरिरहेको उनको भनाई थियो । ‘बेडहरू नपाउने समस्या अन्त्य गर्नेदेखि बीमाको कार्यान्वयन गर्न टिम बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘औषधिको शुल्क निर्धारण समिति बनिसकेको छ ।’

 

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३५ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी