न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री « Khabarhub

न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरुलाई काममा लगाउने गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकारसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले नर्सहरुलाई न्यून पारिश्रमिकमा काम लगाउने अस्पतालका नाम थाहा भए,आफूलाई जानकारी दिन आग्रह गरेका छन् । मन्त्री यादवले आफू समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि लागिपरेको समेत बताए ।

निजी अस्पतालहरुले १० प्रतिशत बेड निशुल्क गरेपनि अन्य शुल्क लिएर बिरामी ठगिरहेको समेत उनले बताए । आफू हाल सरकारी स्वास्थ्य संस्थाहरुको अनुगमनमा लागिरहेको बताउँदै मन्त्री यादवले निजी अस्पतालहरुको अनुगमनमा अर्को टिम बनाएर अगाडि बढ्ने स्वास्थ्यमन्त्री यादवले बताए ।

‘मैले सबै कुरा बुझेको छैन तर अनुगमनका क्रममा अधिकांश कुरा बुझ्दैछु,’ उनले भने, ‘मन्त्रालयका अतिरिक्त सचिवहरूलाई विभिन्न समिति गठन गरि काममा खटाएको छु ।’ नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि आफूले काम गरिरहेको उनको भनाई थियो । ‘बेडहरू नपाउने समस्या अन्त्य गर्नेदेखि बीमाको कार्यान्वयन गर्न टिम बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘औषधिको शुल्क निर्धारण समिति बनिसकेको छ ।’

 

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी