बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस | Khabarhub Khabarhub

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने बताएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो । 

‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । 

बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न भन्ने छलफलको निष्कर्ष रह्यो । अनुदान सहयोग लिने गरेर मात्रै बीआईआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेकाले पार्टीको नीति पनि त्यही अनुरूप अगाडि बढ्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३८ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै