सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत | Khabarhub Khabarhub

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । 

बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरणका बारेमा अहिलेनै बोल्न उपर्युक्त नहुने प्रतिक्रिया दिएका हुन् । 

‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभइकन यो विषयमा बोल्नु उपयुक्त हुँदैन,’ महतले भने, ‘मूल कुरा हाम्रो लागि मुद्दा हो । बिना मुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन ।’

प्रवक्ता महतले देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै एमालेसँगको सत्ता समीकरणमा विचार गर्न सकिने पनि बताए । 

‘दीर्घकालीन रुपमा सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरता अन्त्य हुन सक्ने, निर्वाचन पद्धतिले ल्याएका कम्प्लिकेसनहरुलाई कम गर्न सक्ने र देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई हामीले विचार गर्न सक्छौँ,’ उनले भने ।

महतले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको पनि बताए । पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ४८ बजे

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व

माधव नेपाल भेनेजुयला प्रस्थान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात

काठमाडौं – बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल