मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ - यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन | Khabarhub Khabarhub

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ – यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको कोसिस भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बाहिरका हल्ला र भित्रका कुराबारे प्रधानमन्त्रीले जानकारी दिनु भयो ।’

शर्माकाअनुसार दाहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको पनि बताएका थिए । ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ’, दाहालले क्याबिनेटमा भने, ‘वार्ता चलि नै रहेको छ । बाहिरका हल्ला मात्रै हुन् बेकार हुन् । यो गठबन्धन लामै जान्छ ।’

उनले यो सरकार के होला भनेर चिन्ता गर्नु जरुरी नरहेको पनि बताएका छन् । ‘यो सरकार के होला, कसो होला भन्ने कुरा आएको छ तर यसमा तलमाथि हुँदैन’, दाहालले भने, ‘केहीलाई यो गठबन्धन लामो नजाओस्, नचलोस् भन्ने भएको छ । तर हामी यो सरकारलाई लामै समय टिकाएर लान दृढ छौँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ४८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई