सञ्चारमन्त्री शर्माको जवाफ : सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो « Khabarhub

सञ्चारमन्त्री शर्माको जवाफ : सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वर्तमान सरकारबारे मिडिया ट्रायल गरिएको बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि उनले अहिले सरकार फेरबदल हुने कुनै सम्भावना नरहेको बताइन् ।

सिंहदरबारमा सञ्चारकर्मीले मन्त्री शर्मालाई सोधे, ‘यो गठबन्धन सरकारको आजको मन्त्रिपरिषद् बैठक अन्तिम हो भन्ने कुरा आएको छ, त्यस्तो चर्चा सुनिँदैछ, खास के हो ?’ जवाफमा उनले भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई केही ब्रिफिङ गरिसक्नु भएको छ । यो सरकारबारे मिडियामा ट्रायल गर्ने काम भएको छ । अहिले यो गठबन्धन तलमाथि हुने, दायाँबायाँ हुने कुनै गुञ्जायस छैन ।’

उनले केही शक्तिले यो गठबन्धन र सरकार यसरी नजाओस् भन्ने पनि चाहेको हुन सक्ने बताइन् । मन्त्री शर्माले एमाले अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोालएको कुरामा पनि सत्यता नभएको बताइन् ।

‘केपी शर्मा ओलीले मन्त्रीहरूलाई बोलाएको थाहा छैन । सबै मन्त्रीहरूले अनभिज्ञता प्रकट गर्नु भयो’, उनले भनिन्, ‘केपी ओली अहिले पनि बालकोटमा कार्यकर्ता भेटघाटमा व्यस्त हुनु हुन्छ । अरू त यहाँहरूले जान्ने कुरा हो ।’

उनले अहिले राष्ट्रिय सहमतिको सरकारको कुरा पनि बेकारको हल्ला भएको बताइन् । ‘राष्ट्रिय सहमतिको सरकारको कुरा आएको छैन । यो भन्दा पहिले जुन बेला पहिलो गठबन्धन भत्किएर अर्को बन्दा यो कुरा उठेको थियो’, उनले भनिन्, ‘टीआरसी लगायत कयौँ बिल अड्किएका छन्, तिनमा राष्ट्रिय सहमति चाहिन्छ भनेको हो राष्ट्रिय सरकार होइन ।’

शर्माले क्याबिनेटमै प्रधानमन्त्रीबाट ब्रिफिङ भएको बताउँदै अहिले एमाले र माओवादीको सहकार्य आफूहरूको उद्धेश्य अनुसार लामो समय जाने पनि बताएकी छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ०२ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा