सञ्चारमन्त्री शर्माको जवाफ : सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो « Khabarhub

सञ्चारमन्त्री शर्माको जवाफ : सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वर्तमान सरकारबारे मिडिया ट्रायल गरिएको बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि उनले अहिले सरकार फेरबदल हुने कुनै सम्भावना नरहेको बताइन् ।

सिंहदरबारमा सञ्चारकर्मीले मन्त्री शर्मालाई सोधे, ‘यो गठबन्धन सरकारको आजको मन्त्रिपरिषद् बैठक अन्तिम हो भन्ने कुरा आएको छ, त्यस्तो चर्चा सुनिँदैछ, खास के हो ?’ जवाफमा उनले भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई केही ब्रिफिङ गरिसक्नु भएको छ । यो सरकारबारे मिडियामा ट्रायल गर्ने काम भएको छ । अहिले यो गठबन्धन तलमाथि हुने, दायाँबायाँ हुने कुनै गुञ्जायस छैन ।’

उनले केही शक्तिले यो गठबन्धन र सरकार यसरी नजाओस् भन्ने पनि चाहेको हुन सक्ने बताइन् । मन्त्री शर्माले एमाले अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोालएको कुरामा पनि सत्यता नभएको बताइन् ।

‘केपी शर्मा ओलीले मन्त्रीहरूलाई बोलाएको थाहा छैन । सबै मन्त्रीहरूले अनभिज्ञता प्रकट गर्नु भयो’, उनले भनिन्, ‘केपी ओली अहिले पनि बालकोटमा कार्यकर्ता भेटघाटमा व्यस्त हुनु हुन्छ । अरू त यहाँहरूले जान्ने कुरा हो ।’

उनले अहिले राष्ट्रिय सहमतिको सरकारको कुरा पनि बेकारको हल्ला भएको बताइन् । ‘राष्ट्रिय सहमतिको सरकारको कुरा आएको छैन । यो भन्दा पहिले जुन बेला पहिलो गठबन्धन भत्किएर अर्को बन्दा यो कुरा उठेको थियो’, उनले भनिन्, ‘टीआरसी लगायत कयौँ बिल अड्किएका छन्, तिनमा राष्ट्रिय सहमति चाहिन्छ भनेको हो राष्ट्रिय सरकार होइन ।’

शर्माले क्याबिनेटमै प्रधानमन्त्रीबाट ब्रिफिङ भएको बताउँदै अहिले एमाले र माओवादीको सहकार्य आफूहरूको उद्धेश्य अनुसार लामो समय जाने पनि बताएकी छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ०२ बजे

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद